एजेन्सी । यो साता युक्रेनमा भएको बमवारिबाट मर्नेको सङ्ख्या ३१ पुगेको छ। युक्रेनका अधिकारीले जनाए अनुसार एउटै आक्रमणबाट यत्ति धेरै मानवीय क्षति भएको यो नै पहिलो पटक हो।
आपत्कालीन निकायले दिएको जानकारी अनुसार बम बारीपछि भवनमा च्यापिएर मरेका २८ जनाको शव निकालिएको छ। यसमा ५ जना बालबालिका छन्।
एकै पटक १५९ जना घाइते भएका छन्। यसरी सबैभन्दा धेरै घाइते भएको पनि यो पहिलो पटक हो। किभका सैन्य प्रशासनका प्रमुख ट्युमर टासचेन्कोले दिएको जानकारी अनुसार घरमा एकै पटक सय भन्दा बढी थिचिएका छन्।
यस घटनापछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले रुसले मान्छे मार्ने क्रम नरोके पछि अन्तर्राष्ट्रिय निकायले प्रतिबन्ध लगाउँदै दबाब दिनु पर्नेमा जोड दिएका छन्।
जेलेन्सकीका अनुसार रुसले जुलाई महिनामा मात्र ५१ सय ग्रिड बम प्रहर गरेको छ। साथै तीन हजार आठ सय ड्रोन तथा २६० भिन्न टाइपको मिसाइल प्रहार गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०८२, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाचार पढ्दै गर्दा जब इजरायलले बम खसाल्यो...
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय
पाकिस्तानको दक्षिण-पश्चिम क्षेत्रमा बम बिष्फोट : १३ जनाको मृत्यु, २५ घाइते
दिल्लीबाट काठमाडौँ आएको जहाजमा बम राखेको आशंका, सेनाको बम डिस्पोजल टोली परिचालन