एजेन्सी । भारतको कर्नाटकमा ट्रकमा बिस्फोट हुँदा ८ जनाको ज्यान गएको छ । शिवमोगा जिल्लामा बिहीबार राति ट्रकमा बिस्फोट भएको र त्यसमा ज्यान गुमाउनेको संख्या यो भन्दा पनि बढ्न सक्ने सञ्चारमाध्यमले जनाएका छन् ।
जिटेलिनसहितको ट्रकमा मजदुर पनि सवार रहेको खुलेको स्थानीय प्रहरीले बताएको छ। राति साढे १० बजेतिर भएको बिस्फोटको आवाज छिमेकी चिकमंगलुरु जिल्लासम्म सुनिएको थियो । कम्तिमा पनि ५० डाइनामाइट ब्लाष्ट भएको त्यहाँका स्थानीयहरुले दाबी गरेका छन्।
जसका कारण आसपासका घरका शिशा समेत फुटेका छन्। उक्त विष्फोटको गन्ध भने ८ देखि १० किलोमिटरसम्म महसूस भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शवमोगा विस्फोटमा मृत्यु भएकाप्रति दुस्ख र मृततका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरुलाई राज्य सरकारले राहत दिने आश्वासन दिएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०९ माघ २०७७, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’