काठमाडौँ । इजरायलमा नेपाली कामदार पठाउन दुई देशबीच भएको सम्झौता कार्यान्वयनका लागि प्रोटोकलमा बिहीबार हस्ताक्षर हुने भएको छ ।
कार्यान्वयन प्रोटोकलमा इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलका राजदूत हन्नान गोडेर गोल्डबर्गर र नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले हस्ताक्षर गरेका छन् ।
नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौताअनुसार दुई देशबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर हुन लागेको हो । विभागका महानिर्देशक दाहालले प्रोटोकलमा हस्ताक्षरपछि एक÷दुई साताबाट श्रमिक छनोट सुरु हुने र डेढ÷दुई महिनाभित्र पहिलो चरणका लागि तोकिएका पाँच सय जना इजरायल जान सुरु हुने जानकारी दिए ।
प्रक्रियाबाट इजरायल गएकाले आ–आफ्नो क्षेत्रमा के कस्तो इमानदारी देखाउन सक्छन्, त्यही आधारमा पछि थपिने सङ्ख्याको टुङ्गो लाग्ने उनको भनाइ छ । नेपालबाट इजरायल सरकारले केयर गिभरका नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लगायतमा नेपाली श्रमिक लैजाने सम्बन्धमा गत असोजमा सम्झौता सम्पन्न भएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ माघ २०७७, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी
अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको आह्वान
इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट
इजरायलले गर्यो गाजामा हमला, कम्तीमा ३२ जनाको मृत्यु
ओमान र इजरायलसँग श्रम सम्झौता गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति