आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०७७, ०८ : ५२
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबारदेशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने  जनाएको छ । अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागेको छ । बिहीबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

देशको पूर्वी र मध्य भू–भागमा हाल बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेकाले मौसम प्रभावित भएको हो । यस्तै राति पनि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस