पहाडी भूभागमा वर्षा, आज अन्य स्थानको मौसम कस्तो रहन्छ ?

सफल खबर संवाददाता

मंगलबार, ०६ माघ २०७७, ०६ : ३७
पहाडी भूभागमा वर्षा, आज अन्य स्थानको मौसम कस्तो रहन्छ ?

काठमाडौं । हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै तराईका भूभागहरुमा हुस्सु रकुईरो रहेको छ ।

महाशाखाका अनुसार मंगबलार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलि रहनेछ ।  

यस्तै राति प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस