ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि ३२८ रनको कठिन चुनौती दिएको छ ।
ब्रिस्बेनको गाब्बामा भइरहेको यस खेलको चौथो दिनको अन्तिम सत्र वर्षाले प्रभावित पारेपछि खेल अबरुद्ध भएको थियो । भारतले विनाकुनै क्षति ४ रन बनाएको छ ।
यसअघि अस्ट्रेलियाको दोस्रो इनिङ २९४ रनमै समेटिएको थियो । अस्ट्रेलियाका खेलाडी स्टिभेन स्मिथले सर्वाधिक ५५ रनको योगदान दिएका थिए । भारतीय बलर मोहम्मद सिराजले पाँच विकेट लिएका थिए भने शार्दुल ठाकुरले ४ तथा वासिङटन सुन्दरले एक विकेट लिएका थिए ।
पाँचौं दिन भारतसामु कठिन लक्ष्य हुनेछ, किनभने गाब्बाको खेल मैदानमा पछिल्ला वर्षहरुमा २५० रन भन्दा बढी बनाउन निकै मुश्किल पर्ने गरेको इतिहास छ ।
यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ तथा भारतले पहिलो इनिङमा ३३६ रन बनाएका थिए । भारतीय टीमका अनुभवी केही खेलाडीहरु चोटग्रस्त भएपछि युवा तथा अनुभव कम भएका खेलाडीलाई पनि मौका दिइएको छ । तर उनीहरुको प्रदर्शन निकै दर्शनीय रहेको छ । (रासस–एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०५ माघ २०७७, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै