जुम्लामा विद्युत लोडसेडिङको तालिका सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, ०५ माघ २०७७, १२ : ५४
जुम्लामा विद्युत लोडसेडिङको तालिका सार्वजनिक

सांकेतिक तस्वीर

जुम्ला । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले सूचना प्रकाशित गरेर लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

केन्द्रका अनुसार अब हरेक दिन विहान २ देखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावर हाउस बन्द हुनेछ । लोडसेडिङको समुह क मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल रहेको छ । समुह ख अन्र्तगत बिजयनगर ठूलो, विजयनगर सानो, बोहरा गाउँ,  बसपार्क रहेको छ । 

हरेक साता समुह परिवर्तन हुने जुम्ला वितरण केन्द्रले जनाएको छ । जुम्लाले साना जलिविद्युत आयोजनाको विद्युत प्रयोग गर्दै आएको छ ।

हेर्नुहोस् लोडसेडिङ तालिका :

प्रतिक्रिया दिनुहोस