काठमाडौं । भारतीय नागरिकले शनिबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेका छन् । कोरोना भाइरसविरुद्धको खोप लगाएकै दिन ५२ जनामा साइडइफेक्ट देखिएको भारतीय मिडियाले जनाएका छन् । भारतीय मिडियाका अनुसार साइडइफेक्ट देखिएको एक जनाको अवस्था गम्भीर रहेको छ ।
भारतको पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा खोप लगाएपछि साइडइफेक्ट देखिएको बताइएको छ । भारतमा कोरोना खोप पहिलो दिन स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई दिइएको थियो । स्वास्थ्यकर्मी र सरसफाइकर्मी नै खोपको साइडइफेक्टमा परेका छन् । अधिकांशलाई खोप लगाएको दुई घन्टामै एलर्जीको समस्या देखिएको थियो ।
राजधानी नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । तीमध्ये ४ हजार ३१९ जना कर्मचारी दिए । जसमा ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको भारतीय मिडियाहरुले जनाएका छन् । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले कोरोनाका दुई खोप कोभिसिल्ड र कोभ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०७७, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार दिनदेखि बेपत्ता दम्पतीको अझै पत्तो लागेन
नाका नखुल्दा चुलो बल्नै सकस
क्यालिफोर्नियामा कोभिडबाट ५० हजार जनाभन्दा बढीको मृत्यु
जी २० का अर्थमन्त्रीहरुबीच छलफल
सखुवानन्कारकट्टीमा झण्डा महोत्सव हुने
अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन