काठमाडौँ । नेकपा प्रचण्ड माधव पक्षका नेता योगेश भट्टराईले आफूलाई जोडेर टिप्पणी गर्ने प्रधानमन्त्री केपी ओलीलाई जबाफ फर्काएका छन् ।भट्टराईले सामाजिक संजालमार्फत शनिबार राती भनेका छन् ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भन्दा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ खुसी लाग्यो ।’
आजै प्रधानमन्त्री ओलीले नेता भट्टराईप्रति कटाक्ष गरेका थिए । उनले भट्टराईलाई ‘बैगुनी केटाकेटी’को संज्ञा दिँदै उनी निस्कँदैमा केही फरक नपर्ने बताएका थिए। शनिबार नेकपा ओली समूहको प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई सम्बोधन गर्दै अोलीले प्रदेश १ मा बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने बताएका हुन् ।
ओलीले भनेका थिए– बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनूस् मन्त्री बनाएर पठाउँछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो। को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०७७, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई