काठमाडौं । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रचण्ड र माधव नेपालले पदका लागि नभई ओली प्रवृत्ति सुधार्न खोज्दा नेकपा विभाजन भएको बताए ।
पुनले नेकपा विवाद अमुक नेताहरुबीचको पदीय भागबण्डा र वा सुख सुविधा प्राप्तिको झगडा नभई विचार, सिद्धान्त, विधि र पद्धति मान्ने र नमान्नेबीचको लडाईं भएको उल्लेख गरे ।
केपी ओली समूहले अलोकतान्त्रिक र असंवैधानिक प्रतिनिधिसभा विघटनलाई ढाकछोप गर्न पदीय झगडालाई बहाना बनाएको उनकोे टिप्पणी थियो ।
ओलीले गत जेठमै प्रतिनिधिसभा विघटनको तयारी गरेपछि प्रचण्डले संसदको पाँच वर्षे कार्यकाल मध्ये आधाआधा अवधि सरकारले नेतृत्व गर्ने लिखित सहमति बाट पछि हटेर जिम्मेवारीपूर्वक पाँचै वर्ष प्रधानमन्त्री खान दिने प्रतिबद्धता गरेको स्मरण
पूर्व मन्त्री पुनले गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ माघ २०७७, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी छ: वर्षमान पुन
२१ फागुनमा निर्वाचन नभए सरकारको औचित्य सकिने वर्षमान पुनको जिकिर
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
जेनजी विद्रोहको पहिलो कारण कांग्रेस–एमाले गठबन्धन : वर्षमान पुन
बिचौलियाले प्रधानमन्त्री फेर्न थाले: वर्षमान पुन