दोस्रो माडी गोल्डकप सुरु, उद्घाटन खेलमा लेखनाथ युनाइटेड क्लव पोखरा बिजयी

सफल खबर संवाददाता

शनिबार, ०३ माघ २०७७, १८ : ३१
दोस्रो माडी गोल्डकप सुरु, उद्घाटन खेलमा लेखनाथ युनाइटेड क्लव पोखरा बिजयी

चितवन । माडीमा आजदेखी दोस्रो माडी गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा सुरु भएको राष्ट्रियस्तरको दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगिता २०७७ मा लेखनाथ युनाइटेड क्लब, पोखराले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा लेखनाथले हनामी एभरेष्ट क्लब, चितवनलाई २(० गोल अन्तरले पराजित गरेको हो । 

खेलमा लेखनाथका रुपक लामा र अमित तामाङले १र१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच लेखनाथका अमित लामा घोषित हुनुभयो । प्रतियोगिता अन्तरगत भोलि ९आइतबार० दिउँसो २ बजे माडी ११ र बीरगन्ज युथ क्लबबिच प्रतिस्पर्धा हुने खेल तालिका छ ।

आयोजक क्लबका उपाध्यक्ष अमृता क्षेत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन सभामा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य रहेको थियो । खेलमा विशिष्ट अतिथिका रुपमा चितवन जिल्ला फुटबल संघका श्रीकृष्ण कार्की, कलाकारहरु राज के।सी। र सुरेन्द्र के।सी। लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस