प्रतिनिधिसभा विघटनको विरोधमा डा गोविन्द केसी सडकमा

सफल खबर संवाददाता

शनिबार, ०३ माघ २०७७, १४ : २४
प्रतिनिधिसभा विघटनको विरोधमा डा गोविन्द केसी सडकमा

काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा डा गोविन्द केसी पनि यतिबेला सडकमा  छन् । नागरिक समाजद्वारा आयोजित राजधानीको माइतीघरमा भएको प्रदर्शनमा डा केसी प्लेकार्डसहित सडकमा आएका हुन् । 

प्रदर्शनमा ‘नागरिक अघि बढ्दैछ, लुटतन्त्र ढल्दैछ, प्रतिनिसधसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’लगायतका नारा लगाइएको थियो ।
प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशैभर विरोधको स्वर चर्को देखिएको छ । 
 

प्रतिक्रिया दिनुहोस