काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समुहको स्थायी समिति बैठक बस्दैछ । ओली गमनको विरुद्ध शुरु गरेको सडक संर्घषको दोश्रो चरणका कार्यक्रम सशक्त बनाउने र आगामी माघ २३ गते काठमाडौंमा हुने एक लाख मानिसको उपस्थितीको विरोध सभालाई प्रभावकारी बनाउने विषयमा स्थायी समिति बैठकमा छलफल केन्द्रीत हुने नेताहरुले बताएका छन् ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । बैठक हिजो पनि केही घण्टा बसेर सामान्य समिक्षा गर्दै सकिएको थियो । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीको पक्षको रणनीतिका बारेमा पनि समिक्षा गर्दै ओलीलाई थप अनुशासनको कारवाही गर्ने विषयमा पनि केन्द्रीत हुन सक्ने नेताहरुले बताएका छन् । यसको संकेत हिजोकै एक सार्वजनिक कार्यक्रममा अध्यक्ष माधव नेपालले संकेत गरिसकेका छन् ।
त्यस्तै आजको बैठकमा नेताहरुको कार्यविभाजन, पार्टी एकताका बाँकी कामहरुको पूर्णता लगायतका विषयमा पनि अध्यक्ष माधव नेपालको संयोजकत्वमा गठित कार्यदलको रिपोर्टका आधारमा छलफल हुने वताईएको छ । कार्यदलले आजको स्थायी समितिमा यो सम्बन्धी रिपोर्टमा पनि छलफल राख्ने तयारी पनि छ ।
हिजोको छलफलमा प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा ब्रिफिङ गरेका थिए भने अध्यक्ष नेपालले आफ्नो प्रतिवेदन बुझाएका थिए । नेकपाको यो समूहले राजधानीमा एउटा ठूलो आमसभा गरेको छ । त्यसबाहेक प्रदेश भेलाहरू गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ माघ २०७७, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनयुद्ध दिवसमा प्रचण्डको अपिल: 'राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ'
नेपाललाई युक्रेन बनाउने मिसनबाट जोगायौँ : प्रचण्ड
‘फेरि काँग्रेस-एमालेसँग मिल्ने गल्ती दोहोर्याउँदिनँ’: प्रचण्ड
नवीन सोच र दीर्घकालीन दृष्टिकोणसहितको शक्ति नेकपा : ‘प्रचण्ड’
रुकुम पूर्वका मतदातासँग प्रचण्ड ६ दिन आफैं मत माग्न पुग्ने, यस्तो छ कार्यतालिका
प्रचण्ड फर्किँदा पूर्वी रुकुम किन फेरि उत्साहित छ ?