काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीले चुनाव नगराउने ठोकुवा गरेका छन् ।
प्रतिनिधि सभा भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने आफूलाई विश्वास नलागेको उनले बताए । आज पर्वत शंकर पोखरीमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभामा बोलेका देउवाले प्रजातन्त्रमै खतरा हुने गरी ओलीले प्रतिनिधि सभा भंग गरेको आरोप लगाए ।
ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको उनको भनाइ छ । सर्वोच्चमा विचाराधीन रहेको मुद्दाबारे कुनै दबाव कांग्रेसले नदिने उनले प्रष्टाए । ‘हाम्रो पार्टीले अदालतलाई धम्क्याउने र तर्साउने काम गर्दैन,’ उनले भने।
स्वतन्त्र न्यायपालिकाको पक्षमा पार्टी रहेको र सर्वोचले सही निर्णय गर्ने उनको भनाइ थियो। ‘अदालतले नियम, कानुन र ऐन हेर्छ, विवेक प्रयोग गर्छ,’ उनले भने । संसद आह्वानका लागि पार्टीका सांसद संख्या नै कम भएकोले पहिले संसद आह्वान गर्न आफूहरूले माग गर्न नसकेको देउवाको भनाइ थियो।
‘संसद बोलाउन माग गर्न दुई जना सांसद पुगेन,’ उनले भने। कांग्रेसमा ६३ जना सांसद छन्। उनले गाउँगाउँमा गएर संगठन विस्तारका काम गर्न पनि नेताहरूलाई आग्रह गरेका छन्।‘भाषण गरेर काम छैन। गाउँ गाउँ पुगेर जनताका दुस्खमा साथ दिनुपर्छ,’ उनले भने, ‘अनि पो भोट पनि बढ्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०७७, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को गतिरोध अन्त्य गर्नेबारे देउवा–प्रचण्डबिच छलफल हुने
राजीनामाको दवावमा रहेका गृहमन्त्रीलाई देउवाले धाप मारेपछि ...
देउवाले बोलाए पदाधिकारी बैठक
शेखर समूहका सदस्यहरूले देउवालाई बुझाए ज्ञापनपत्र
गभर्नर नियुक्ति छिट्टै हुन्छ: देउवा
प्रधानमन्त्री ओली र देउवाबीच छलफल