काठमाडौं । ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा कांग्रेसले देशभरका गाउँ नगरमा प्रदर्शन गर्ने भएको छ ।
यही माघ ३ गते देशभरका गाउँ नगरमा प्रदर्शन गर्न लागेको हो । यसअघि पनि कांग्रेसले देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो।
संसद विघटनविरुद्ध मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलाशमा जारी छ। अदालतको अन्तिम निर्णय नै कांग्रेसलाई मान्य हुने सभापति शेरबहादुर देउवाले बताएका छन्।
जुटौं संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा उठौं लोकतान्त्रिक संविधान रक्षाका पक्षमा नारा लिएर गाउँ नगरमा प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ। पुस ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेस सडक आन्दोलनमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०७७, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन कांग्रेस सहमहामन्त्री परियारको माग
शेरवहादुर देउवालाई कांग्रेस नेताहरुले अझैसम्म किन भेटे्नन् ?
संविधान दिवस मनाउन ७७ वटै जिल्लामा सर्कुलर गरेका छौं : कांग्रेस
प्रतिनिधिसभा विघटन असंवैधानिक छ: कांग्रेस
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो