काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपालले नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको उल्लेख गरेका छन् ।
थारु, मगर, छन्त्याल लगायतका समुदायहरुको माघी, माघेसङ्क्रान्ति र माघेसकरातीको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै नेताद्धयले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न अपिल गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ–‘नयाँ वर्षको आगमनको रुपमा मनाइने यो पर्व सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना परिवारका सदस्यहरु माझ हर्षोल्लासपूर्ण मनाउन आग्रह पनि गर्दछौं ।’ उनीहरुले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा यो पर्वको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
विज्ञप्ती भनिएको छ–‘आफ्नै मौलिक परम्परा र संस्कृति अनुसार विभिन्न भू–भागमा छरिएर रहेका समुदायका यस्ता चाडपर्वहरु राष्ट्रको समुच्च मौलिक पहिचान हो । भौगोलिक विविधतायुक्त नेपालका सामुदायिक सांस्कृतिक सहिष्णुता र पारस्परिक एकता परम्परागत धरोहर हुन् । यिनै मार्फत नेपालीहरुमा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको विकास भएको हो ।‘
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०७७, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार