आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०७७, ०८ : २८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली छ भने तराईमा हल्का हुस्सु–कुहिरो लागेको छ ।

बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका तराईका भू–भागमा आंशिक बदली हुनेछ ।

देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १ र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको हो । यस्तै राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै भू–भागमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस