काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव त्यहाँको तल्लो सदनवाट पारित भएको छ । महाअभियोग प्रस्ताव तल्लो सदनवाट राष्टपति रहदै गर्दा दोश्रो पटक पारित हुने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति वनेका छन् ।
बुधबार तल्लो सदनमा भएको मतदानमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको थियो । महाअभियोग प्रस्ताव पारित गर्दा टम्पकै पार्टी रिपब्लिकन पार्टीका १० सांसदले समेत महाअभियोगको पक्षमा मतदान गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।
ट्रम्पविरूद्ध बहुमतले पारित भएको महाअभियोग अब माथिल्लो सदन सिनेटमा पठाइने छ । टम्पको कार्यकाल अव एक साता मात्र वाकी छ । माथिल्लो सदन सिनेटबाट महाअभियोग प्रस्ताव पारित हुन केही समय लाग्न सक्ने पनि न्यूयोर्क टाइम्सले जनाएको छ ।
गत साता संसद भवनमा हिंसा भड्काउन आफ्ना समर्थकलाई उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाइएको हो । ट्रम्पको कार्यकाल सकिए पनि उनीविरूद्धको महाअभियोग सिनेटबाट पनि पारित भए आउने राष्ट्रपतीय चुनावमा उनी सहभागी हुन पाउने छैनन् ।
यसअघि गत वर्ष पनि ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव तल्लो सदनबाट प्रस्ताव पारित भए पनि माथिल्लो सदन सिनेटले उनलाई सफाइ दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०७७, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
ट्रम्पको निर्देशन: इरानसँग हतारमा सम्झौता नगर्नू
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प
ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ