काठमाडौँ । क्यापिटल हिलमा भएको हमलामा राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिका देखिएको भन्दै अमेरिकाको तल्लो सदनमा उनीविरुद्ध महाभियोगका लागि भोटिङ हुने भएको छ ।
बीबीसीका अनुसार डेमोक्रेट्स पार्टीले राष्ट्रपति ट्रम्पविरुद्ध संसदमा हमला गर्न सघाउ पुर्याएको आरोप लगाएको छ । जुन घटनामा ५ जनाले ज्यान गुमाएका थिए ।
उक्त घटनालाई लिएर ट्रम्पकै रिपब्लिकन पार्टीका सांसदहरु समेत महाभियोगका लागि डेमोक्रेट्सलाई सघाउन तयार भएका समाचारमा जनाइएको छ । हालसम्म ट्रम्पले हिंसाको जिम्मेवारी लिन इन्कार गर्दै आएका छन् ।
सदनमा डेमोक्रेट्सको बहमत रहेको छ । जसका कारण महाभियोग पारित हुने सम्भावना रहेको छ । त्यहाँबाट पारित भएपछि मुद्दा सिनेटमा पुग्ने छ भने ट्रम्पलाई दोषी ठहर्याउनका लागि दुई तिहाइ बहमुत को जरुरी पर्छ । जसका लागि १७ रिपब्लिकनको मत चाहिन्छ ।
न्यूयोर्क टाइम्सका अनुसार २० सिनेट रिपब्लिकन सिनेटर राष्ट्रपति ट्रम्पलाई दोषी देखाउनका लागि तयार रहेका छन् । बुधबारको भोटिङको अर्थ यो हो कि उनीविरुद्ध दुई पटक महाभियोग लागेको छ । डिसेम्बर २०१९ मा पनि उनीविरुद्ध महाभियोग लागेको थियो । यद्यपी महाभियोग विफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ पुस २०७७, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’ : डोनाल्ड ट्रम्प
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
ट्रम्पको निर्देशन: इरानसँग हतारमा सम्झौता नगर्नू
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प