काठमाडौँ । क्यापिटल हिलमा भएको हमलामा राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिका देखिएको भन्दै अमेरिकाको तल्लो सदनमा उनीविरुद्ध महाभियोगका लागि भोटिङ हुने भएको छ ।
बीबीसीका अनुसार डेमोक्रेट्स पार्टीले राष्ट्रपति ट्रम्पविरुद्ध संसदमा हमला गर्न सघाउ पुर्याएको आरोप लगाएको छ । जुन घटनामा ५ जनाले ज्यान गुमाएका थिए ।
उक्त घटनालाई लिएर ट्रम्पकै रिपब्लिकन पार्टीका सांसदहरु समेत महाभियोगका लागि डेमोक्रेट्सलाई सघाउन तयार भएका समाचारमा जनाइएको छ । हालसम्म ट्रम्पले हिंसाको जिम्मेवारी लिन इन्कार गर्दै आएका छन् ।
सदनमा डेमोक्रेट्सको बहमत रहेको छ । जसका कारण महाभियोग पारित हुने सम्भावना रहेको छ । त्यहाँबाट पारित भएपछि मुद्दा सिनेटमा पुग्ने छ भने ट्रम्पलाई दोषी ठहर्याउनका लागि दुई तिहाइ बहमुत को जरुरी पर्छ । जसका लागि १७ रिपब्लिकनको मत चाहिन्छ ।
न्यूयोर्क टाइम्सका अनुसार २० सिनेट रिपब्लिकन सिनेटर राष्ट्रपति ट्रम्पलाई दोषी देखाउनका लागि तयार रहेका छन् । बुधबारको भोटिङको अर्थ यो हो कि उनीविरुद्ध दुई पटक महाभियोग लागेको छ । डिसेम्बर २०१९ मा पनि उनीविरुद्ध महाभियोग लागेको थियो । यद्यपी महाभियोग विफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ पुस २०७७, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोनाल्ड ट्रम्पले ‘युद्धपछिको गाजाका लागि व्यापक योजना’ बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने
ट्रम्पको कठोर नीतिले अमेरिकामा घट्यो आप्रवासी जनसंख्या, अर्थतन्त्रमा असर पर्ने
अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित
इरानले बहादुरीका साथ लड्योः डोनाल्ड ट्रम्प
ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक
ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध