काठमाडौँ । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टिभी च्यानल जी न्युजलाई दिएको अन्तरवार्ता नाटकमात्रै भएको बताएका छन् ।
बुधबार काठमाडौमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको राष्ट्रवाद भारतीय गुप्तचरका प्रमुखसँग रातीराती भेट गरेबाटै प्रष्ट भएको बताए ।
उनले भने, ‘उहाँलाई विदेशी शक्ति आएर के के मन्त्र सुनाए त्यो थाहा भएकै हो । अहिले जी न्युजलाई उहाँले दिएको अन्र्तवार्ता पनि हेर्यौ त्यो नाटकै हो । त्यसको पटाक्षप नै भैसकयो’, प्रचण्डको भनाइ थियो ।
उनले ओलीले जुन च्यानलाई अन्तरवार्ता दिएको सोही च्यानलले सगरमाथाको नामै फेर्ने सम्मको समाचार दिएको भन्दै ओलीलाई प्रश्न समेत गरे । ‘एभरेष्टको नाम फेर्ने रे’, प्रचण्डको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ पुस २०७७, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग