भारतीय टेलिभिजनलाई प्रधानमन्त्री ओलीको ‘प्रायोजित अन्तर्वाता’

जि न्यूजको प्रसारण : सगरमाथामा आफ्नो हो भनेर दाबी भारतले गर्नुपर्ने

सफल खबर संवाददाता

बुधबार, २९ पुस २०७७, ०९ : १२
भारतीय टेलिभिजनलाई प्रधानमन्त्री ओलीको ‘प्रायोजित अन्तर्वाता’

काठमाडौं । धेरैलाई लाग्दो हो–प्रधानमन्त्री केपी ओली भंयकर राष्ट्रवादी नेता हुन् । नाकाबन्दीका अघिसम्म भारतीय गुप्तचर प्रमुखसँगको निरन्तर सम्वादमा रहेपनि त्यसयता ओलीले त्यो सम्बन्ध तोडेर राष्ट्रवादी छवि बनाउन थाले । उनले भारतले संविधान निर्माणपछि लगाएको नाकाबन्दीको डटेर सामना गरे, अहिले कालापानी, लिपुलेक, लिम्पियाधुरासम्मको भूमि नेपालको नक्सामा समेटेर त्यसको फिर्ताका लागि डटेर लड्दैछन् । 

सामान्य आँखाले हेर्दा प्रधानमन्त्री ओलीको बाहिरी गतिविधिले त्यो देखाउँछ । तर भित्री कहानी खोतल्ने र अन्र्तयमा पुगेर गहिराई नाँपचाँज गर्ने हो भने ओलीले भित्रभित्र आफ्नो कुर्सी बचाउनका लागि भारतीय पक्षसँग फेरि सौदाबाजी र मन्त्रणा गर्न खोजेको छर्लङगै देखिन्छ ।

बालुवाटारमा न्यानो स्वागत गरेका भारतीय टेलिभिजनका पत्रकारहरुले भने प्रधानमन्त्री ओलीको अन्र्तवार्ता प्रशारण गरेकै भोलिपल्ट अहिले नेपालको सगरमाथा क्षेत्रमा अब भारतले दाबी ठोक्ुनपर्छ भनेर समेत विवादास्पद सामाग्री प्रशारण गरेको छ । ५ कात्तिकमा ‘र’ प्रमुख सामन्तकुमार गोयल नेपाल आउँदा सहजकर्ताको भूमिका खेल्ने समूहले नै जी न्युजको टोलीलाई बालुवाटारदेखि सगरमाथा क्षेत्रसम्मको भ्रमण गराएको छ । सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी ले सगरमाथामा अब भारतले दाबी गर्नुपर्ने बताएका थिए ।

अब यसको तथ्य अध्ययनतिर लागौं ।

प्रधानमन्त्री ओलीले संविधान निर्माणका क्रममा पहिलो संविधानसभाबाट संविधान निर्माण गर्न नदिन रअका प्रमुखहरुसँग मिलेर एभरेष्ट होटलको बन्द कोठाभित्र के सम्म छलफल गर्थे भन्ने कुरा कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्माको पुस्तक प्रयोगशालामै छर्लङग देखिएको थियो । दोश्रो संविधानसभाबाट संविधान निर्माणका क्रममा भारतले विशेष दुत बनाएर अहिलेका विदेशमन्त्री त्यसवेला विदेश सचिव थिए –एस जयशंकर । उनले नेपालको संविधान केही दिन रोकेर भएपनि हिन्दु राज्य स्थापना लगायतका विषयमा गम्भिर चासो राखेका थिए ।

त्यो सम्बोधन हुन नसकेपछि भारतले नेपालमा नाकाबन्दी लगायो । नेपालका राजनीतिक दल खासगरी तत्कालिन नेकपा एमाले र एमाओवादीको दरिलो आडमा प्रधानमन्त्री ओलीले नाकाबन्दीको विरोध गरे । ओलीको भारतसँग बनेको सम्बन्ध भत्किएको थियो । अहिले फेरि भारतले नेपालको भूमि समेटेर आफनो राजनीतिक नक्सा जारी गर्यो । त्यसपछि सबै राजनीतिक दलहरुको दरिलो समर्थनमा ओलीलाई आफ्नो नक्सा जारी गर्ने देखि संविधान संसोधन गर्ने सम्ममा राष्ट्रिय सहमति दिए । त्यसपछि ओलीको नेतृत्वमा नेपालको नक्सा लिम्पियाधुरासम्मको जारी भयो । संविधान पनि संसोधन भयो । तर त्यसपछि भने ओलीले भारतसँग कुटनीतिक सम्वाद राजनीतिक स्तरमा गरेर नेपालको भूमि फिर्ता गराउने बारेमा सम्वाद गर्ने विषयमा खास तत्परता देखा परेन् । बरु उल्टै आफ्ना निकट ब्यापारी, मान्छेहरु प्रयोग गरेर भित्री रुपमा ओलीले भारतसँग सम्बन्ध सुधारको भित्री प्रयास गरे ।

त्यसैको प्रतिफल थियो, भारतको खुफिया एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण र बालुवाटारले मध्यरातसम्म गरेको न्यानो स्वागत । गोयलसँगको भेटका वातावरण निर्माणका लागि प्रधानमन्त्रीले नेपालको राष्टिय अनुसन्धानका प्रमुख गणेश अधिकारी र अन्न्पूर्ण मिडिया गुप्रका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई परिचालन गरेका थिए । थापा र अधिकारीले दिल्ली पुगेर गोयललाई काठमाडौं ल्याउने सम्मको वातावरण निर्माण गरेपछि गोयलको बालुवाटारमा न्यानो स्वागत पाएका थिए । यो कुरा अन्य सञ्चारमाध्यमले पनि खुलासा गरिसकेका छन् । 

प्रधानमन्त्री कार्यालयले भित्री रुपमा दिल्लीका शासकहरुसँग कुन स्तरको सम्बन्ध विस्तार गर्न चाहिरहेका छन् भन्ने यो एउटा गतिलो तथ्य हो । शुरुमा प्रधानमन्त्री कार्यालयले यो भ्रमणलाई लुकाउन भरमग्दुर प्रयास गर्यो तर नसकेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुतका रुपमा गोयल नेपाल आएको विज्ञप्ती दिन प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा बाध्य भए । ओलीले गोयल भारतीय प्रधानमन्त्रीको दुतका रुपमा नेपाल आएको बताएपनि भारतीय पक्षबाट अहिलेसम्म त्यसको कुनै पुष्टि गरेको छैन् । कही कतै पनि गोयल मोदीको दुत बनेर काठमाडौं आएको र प्रधानमन्त्री ओलीलाई भेटेको बताईएको छैन् ।

जब प्रधानमन्त्री ओलीले आफ्नै पार्टी नेकपाभित्र आफुलाई प्रधानमन्त्रीबाट हटाउन लागेको थाहा पाए उनले असम्वैधानिक रुपमा प्रतिनिधीसभा नै विघटन गरिदिए । ओलीले धेरै अगाडी देखि बनाएको प्राविधिक तयारी पछि प्रतिनिधीसभा विघटन गर्ने काम भएको थियो । ओलीले प्रतिनिधीसभा विघटन गरेपछि देशभित्र उनको चर्काे आलोचना शुरु भयो । नेकपाको बहुमत पक्षले ओलीको कदम असम्वैधानिक भएको भन्दै अहिले सडक आन्दोलनको नेतृत्व लिईरहेको छ । जनता समाजवादी, काँग्रेस लगायतका दल पनि ओलीको कदम असम्वैधानिक भएको भन्दै सडकमै छन् । नागरिक समाज, पूर्व प्रधानन्यायधिस, न्यायधिस, वरिष्ठ अधिवक्ताहरु सबैजसो ओलीको कदमको विरोधमा उत्रिए ।

ओलीले जबजब आफु अप्ठयारोमा पर्छन, त्यही बेला राष्ट्रवादको नारा फ्याकने गरेका छन् । नेपाली जनताको राष्ट्रवादी सेन्टीमेन्टलाई राम्रोसँग क्याच गर्न सफल ओलीले गत असारमा पनि आफुलाई हटाउन भारतीय दुतावास लागेको बताउँदै भित्री रुपमा भने भारतीय संस्थापन पक्षसँग साँठगाँठमा जुटिरहेका थिए । अहिले पनि आफ्नो देशभित्र भईरहेको चर्काे आलोचनालाई उनले भारतीय टेलिभिजनलाई बोलाएर प्रयोजित अन्र्तवार्ता गर्ने, त्यहाँ चर्का राष्ट्रवादी कुरा गर्ने र आलोचना मथ्थर पार्ने योजना बनाए । त्यही क्रममा भारतीय संस्थापन निकट मानिएको जी न्यूजलाई काठमाडौं ल्याउने तयारी गरेर राष्ट्रवादी बनेर अन्र्तवार्ता दिने र आलोचना मथ्थ्र पार्ने योजना बालुवाटारमा बन्यो ।

जी न्यूज र ओलीको अन्र्तवार्ता लिने जी न्यूजका प्रधानसम्पादक सुधिर चौधरी त्यस्ता ब्यक्ती हुन्, जो नेपाल मामलामा सधै विवादास्पद छविका छन् । जी न्युजको बिहार झारखण्ड संस्करणमा नेपालमा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको भन्दै ‘ओलीकी इस्किँया’ भनेर विवादित सामग्री प्रसारण गरेको थियो । पछि च्यानलले माफी माग्दै सामग्री हटाएको भन्दै भिडियो बाहिरिएको थियो । ओलीको अन्र्तवार्ता लिने सुधीर चौधरीले पनि नेपालबारे विवादित ट्वीट गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको मानहानी र दुष्प्रचार गरेको भन्दै नेपालका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरेपछि चौधरीले विवादित ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि सर्नै परेन् ।’ 

चौधरीको अभिव्यक्तिप्रति धेरैले आपत्ति जनाएपछि उनले त्यो ट्वीट हटाएका थिए । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि जी न्युजले ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम प्रसारण गरेको थियो । जुन कार्यक्रम अहिले ओलीसँग अन्र्तवार्ता लिने सुधीरले नै सञ्चालन गरेका थिए ।  बालुवाटारमा प्रतिनिधीसभा विघटन भएपछिको आलोचना पछि त्यही विवादास्पद च्यानल र त्यसका विवादास्पद प्रधानसम्पादक सुधीरलाई नै काठमाडौं बोलाएर नेपालको प्रधानमन्त्रीले अन्र्तवार्ता दिन तयार छन भन्दै नेपाल ल्याउने र त्यहा कडा राष्ट्रवादीका रुपमा अन्तर्वाता दिने, त्यसले प्रधानमन्त्री ओली भयंकर राष्ट्रवादी भएको सन्देश बाहिर दिएर आलोचना मथ्थर पार्ने योजना बालुवाटारमा बन्यो ।  

त्यसपछि सामान्त गोयललाई बालुवाटार भित्रयाउने समुहलाई नै परिचालन गर्ने योजना बालुवाटारले बनायो । उनै रामेश्वर थापा लगायतको टोलीले जी न्यूजलाई काठमाडौं सम्म ल्याउने र प्रधानमन्त्रीको निवाससम्म पुर्याउने काम भयो । त्यसपछि ओलीले प्रायोजित रुपममै चर्का राष्ट्रवादी छवि अन्तर्वातामा देखाए । तर भित्री रुपमा उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्झौताको नीतिमा छन् ।

ब्यापक योजनामा बालुवाटारमा न्यानो स्वागत गरेका भारतीय टेलिभिजनका पत्रकारहरुले भने प्रधानमन्त्री ओलीको अन्र्तवार्ता प्रशारण गरेकै भोलिपल्ट अहिले नेपालको सगरमाथा क्षेत्रमा अब भारतले दाबी ठोक्ुनपर्छ भनेर समेत विवादास्पद सामाग्री प्रशारण गरेको छ । ५ कात्तिकमा ‘र’ प्रमुख सामन्तकुमार गोयल नेपाल आउँदा सहजकर्ताको भूमिका खेल्ने समूहले नै जी न्युजको टोलीलाई बालुवाटारदेखि सगरमाथा क्षेत्रसम्मको भ्रमण गराएको छ । सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी ले सगरमाथामा अब भारतले दाबी गर्नुपर्ने बताएका थिए । यसले पनि देखाउँछ ओली देखावटी रुपमा चर्का राष्ट्रवादी छन्, तर भित्री रुपमा भने मोदीको गुटियार बन्दै जान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस