काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशका अधिकांश भागको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली भएको छ भने तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ ।
बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
अहिले देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावका कारण केही क्षेत्रको मौसम प्रभावित भएको हो । यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशको तराईका भू–भागमा आंशिक बदली रहनुका साथै देशका अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ पुस २०७७, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘काजीबा’को देवघाटमा अन्त्येष्टि : अभिभावक गुम्यो, शोकलाई शक्तिमा बदल्छौँ : प्रचण्ड
माउन्ट के टु हिमाल आरोही स्वदेश फिर्ता
ट्राफिक स्वयंसेवक परिचालन
सहिद धर्मभक्त माथेमालाई श्रद्धाञ्जली अर्पण
लुटपाटमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ
अस्ताए काजीबा, प्रचण्डले दिए श्रद्धाञ्जली