आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, २८ पुस २०७७, ०९ : ३३
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  पूर्व र मध्य क्षेत्रमा आंशिक बदली रहने जनाएको छ । देशको पश्चिमी क्षेत्रको मौसम भने सफा रहने जनाएको छ ।

हाल देशको पहाडी भागमा भू–भागमा आंशिक बदली रहेको छ । मंगलबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशमा अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविदले बताएका छन् । तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरोको संभावना छ । देशका अन्य भू–भागहरुमा मौसम सफा रहनेछ । यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस