काठमाडौं । गृह मन्त्रालयले निर्वाचनको वातावरण बनिसकेको जनाउँदै सुरक्षा निकायहरूलाई तयारी थाल्न निर्देशन दिएको छ। गृह मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल र तीनवटै सुरक्षा निकायका प्रमुखसहित सोमबार बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले यस्तो निर्देशन दिएका हुन्।
निर्वाचन मिति आगामी वैशाख १७ र २७ गते तोकिएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबै पक्षलाई निर्वाचन तयारी गर्न निर्देशन दिएपछि गृहले अर्थ मन्त्रालयलगायत सरोकारवाला निकायसँग छलफल थालेको हो ।
अर्थमन्त्री पौडेलले बजेट प्रस्ताव गरी गृहमार्फत अर्थमा पठाउन सुरक्षा निकायहरूलाई निर्देशन दिए। उनले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएको गृहका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट हाल मौजुदा स्रोतसाधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप स्रोतसाधन र व्यवस्थापन सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ पुस २०७७, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक