काठमाडौं । गृह मन्त्रालयले निर्वाचनको वातावरण बनिसकेको जनाउँदै सुरक्षा निकायहरूलाई तयारी थाल्न निर्देशन दिएको छ। गृह मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल र तीनवटै सुरक्षा निकायका प्रमुखसहित सोमबार बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले यस्तो निर्देशन दिएका हुन्।
निर्वाचन मिति आगामी वैशाख १७ र २७ गते तोकिएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबै पक्षलाई निर्वाचन तयारी गर्न निर्देशन दिएपछि गृहले अर्थ मन्त्रालयलगायत सरोकारवाला निकायसँग छलफल थालेको हो ।
अर्थमन्त्री पौडेलले बजेट प्रस्ताव गरी गृहमार्फत अर्थमा पठाउन सुरक्षा निकायहरूलाई निर्देशन दिए। उनले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएको गृहका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट हाल मौजुदा स्रोतसाधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप स्रोतसाधन र व्यवस्थापन सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ पुस २०७७, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटेल-रेष्टुरेन्टको अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन
गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय