चितवन । बरन्डाभार वन क्षेत्रमा पर्ने कालिका–१ को चतुर्मुखी सामुदायिक वनमा सोमबार दिउँसो एउटा भाले बाघ मृत फेला परेको छ ।
बाहिरी घाउचोट केही नदेखिएको अन्दाजी तीनरचार वर्षको उक्त बाघ एकरदुई दिनअघि नै मरेको हुन सक्ने भरतपुरस्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बालकृष्ण खनालले बताए ।
‘अवस्था हेर्दा एकरदुई दिन पहिल्यै मरेको जस्तो देखिन्छ । बाघको पोस्टमार्टमका लागि सौराहाको वन्यजन्तु अस्पतालमा पठायौं,’ उनले भने । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बाबुराम लामिछानेले मरेको बाघ हेर्दा मृत्यु स्वाभाविक जस्तो नलागेको बताउँछन् । ‘हामीले पोस्टमार्टम गरेर नमुना संकलन गरेका छौं । थप अनुसन्धान बाँकी नै छ । तर बाहिरी चोट केही छैन,’ उनले भने, ‘के कारणले मर्यो भन्ने कुरा विस्तृत परीक्षणपछि नै खुल्छ ।’
उक्त बाघ आमासँग छुट्टिने उमेरको अर्धवयस्क अवस्थाको रहेको उनले बताए । बरन्डाभार महत्त्वपूर्ण जैविकमार्ग हो । यसले चितवन राष्ट्रिय निकुञ्जलाई चुरे र महाभारत पर्वत शृंखलासँग जोडेको छ । यो वन हुँदै दुर्लभ वन्यजन्तु बाघ, गैंडा र अन्य जनावर ओहोरदोहोर गर्छन् । बरन्डाभार वनअन्तर्गतकै पञ्चकन्या सामुदायिक वनमा अघिल्लो वर्ष एउटा बाघ मृत फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ पुस २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
बाघको आक्रमणबाट वृद्धको मृत्यु
गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव