चितवन । बरन्डाभार वन क्षेत्रमा पर्ने कालिका–१ को चतुर्मुखी सामुदायिक वनमा सोमबार दिउँसो एउटा भाले बाघ मृत फेला परेको छ ।
बाहिरी घाउचोट केही नदेखिएको अन्दाजी तीनरचार वर्षको उक्त बाघ एकरदुई दिनअघि नै मरेको हुन सक्ने भरतपुरस्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बालकृष्ण खनालले बताए ।
‘अवस्था हेर्दा एकरदुई दिन पहिल्यै मरेको जस्तो देखिन्छ । बाघको पोस्टमार्टमका लागि सौराहाको वन्यजन्तु अस्पतालमा पठायौं,’ उनले भने । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बाबुराम लामिछानेले मरेको बाघ हेर्दा मृत्यु स्वाभाविक जस्तो नलागेको बताउँछन् । ‘हामीले पोस्टमार्टम गरेर नमुना संकलन गरेका छौं । थप अनुसन्धान बाँकी नै छ । तर बाहिरी चोट केही छैन,’ उनले भने, ‘के कारणले मर्यो भन्ने कुरा विस्तृत परीक्षणपछि नै खुल्छ ।’
उक्त बाघ आमासँग छुट्टिने उमेरको अर्धवयस्क अवस्थाको रहेको उनले बताए । बरन्डाभार महत्त्वपूर्ण जैविकमार्ग हो । यसले चितवन राष्ट्रिय निकुञ्जलाई चुरे र महाभारत पर्वत शृंखलासँग जोडेको छ । यो वन हुँदै दुर्लभ वन्यजन्तु बाघ, गैंडा र अन्य जनावर ओहोरदोहोर गर्छन् । बरन्डाभार वनअन्तर्गतकै पञ्चकन्या सामुदायिक वनमा अघिल्लो वर्ष एउटा बाघ मृत फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ पुस २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
आज विश्व बाघ दिवस, सबैभन्दा बढी बाघ भारतमा
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा