आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, २७ पुस २०७७, ०८ : १७
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही भागमा आंशिक बदली भइ देशका अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जनाएको छ ।

हाल प्रदेश १ र प्रदेश २ का केही क्षेत्रमा आंशिक बदली भएको छ । सोमबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविदले बताएका छन्।

यसैगरि राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। प्रदेश १ र प्रदेश २ का एक–दुई स्थाानमा हल्का वर्षाको सम्भावाना रहेको मौसमविदले बताएका छन्। देशका अरु क्षेत्रमा राति मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस