आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर बनिन् मनिषा कोइराला

सफल खबर संवाददाता

आइतबार, २६ पुस २०७७, १६ : ५९
आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर बनिन् मनिषा कोइराला

काठमाडौँ । ख्यातिप्राप्त बलिवुड नायिका मनिषा कोइराला आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्बेस्डर बनेकी छिन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । कोइरालाले आईएमई लाइफसँग साझेदारी गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

नायिका कोइरालासँगको सहकार्य घोषणा गर्दै प्रमुख कार्यकारी अधिकृत फुयाँलले भने, ‘आईएमई लाइफमा उहाँलाई स्वागत गर्न पाउँदा हामी खुसी छौँ ।’ कम्पनीले यो सम्झौता पुस २४ गतेबाट लागु हुने गरी हस्ताक्षर गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस