काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली आफैँ संसद छोडेर भागेका भगौडा भएको बताए ।
संसद विघटनको विरोधमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै थापाले भने, ‘संसदको सामना नगर्ने र विघटन गर्नेलाई भगौडा नभनेर अरु के भन्ने ? उनले अघि भने, ‘प्रधाननमन्त्री क्रान्तिकारी होइन, संसद छोडर भागेको भगौडा हुन् ।’
थापाले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका थिए । थापाले ओलीलाई खुलामञ्चमा संविधान पढ्न आउन चुनौती दिए । उनले अघि भने, ‘कमरेड ओली आउनुस्, खुलामञ्चमा बहस गरौं । तपाई मैदान छाडेर लुकेर बस्ने सुवास नेम्वाङलाई लिएर आउनुस्, हामी संविधान ढोगेर जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं, खुलामञ्चमा जनताको बीचमा संविधान पढौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ पुस २०७७, १७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा