आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, २५ पुस २०७७, ०९ : ११
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पूर्व र पश्चिमका केही क्षेत्रमा बदली भए पनि अरु क्षेत्रको मौसम सफा रहने  जनाएको छ । हाल लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

शनिबार दिउँसो प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले केही स्थानमा आंशिकदेखि सामान्यत बदली हुने भएको हो ।

राति भने प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस