काठमाडौँ । गुर्भाकोट नगरपालिका– ९ सुर्खेत गरालेस्थित गौंँडाबाट भेरी नदीमा बस खसेको छ । आज अपराह्न २ः४५ बजेतिर ना.५ . ७७५० नम्बरको बस छिञ्चु–जाजरकोट सडकखण्डमा दुर्घटनामा परेको हो ।
बस खस्दा दाङ, बबई गाउँपालिका–३ निवासी बस चालक २२ वर्षीय सुमन नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिञ्चु सुर्खेतका प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार बस सडकबाट २०० मिटर तल भेरी नदीमा खसेको थियो ।
“पहिचान नखुलेका एक जना भेरी नदीमै बेपत्ता भएका छन् ,” प्रहरी निरीक्षक चौधरीले भन्नुभयो, “उनको खोजी भइरहेको छ ।” गम्भीर घाइते एक जनालाई उद्धार गरी मेहलकुना अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
गुर्भाकोट–९ का वडाध्यक्ष शशिराम भट्टराईका अनुसार सल्यान कालीमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दुर्घटना भएको हो । बस नदीमा डुबेकाले बेपत्ताको खोजीमा समय लाग्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २३ पुस २०७७, २० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत