काठमाडौँ । गुर्भाकोट नगरपालिका– ९ सुर्खेत गरालेस्थित गौंँडाबाट भेरी नदीमा बस खसेको छ । आज अपराह्न २ः४५ बजेतिर ना.५ . ७७५० नम्बरको बस छिञ्चु–जाजरकोट सडकखण्डमा दुर्घटनामा परेको हो ।
बस खस्दा दाङ, बबई गाउँपालिका–३ निवासी बस चालक २२ वर्षीय सुमन नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिञ्चु सुर्खेतका प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार बस सडकबाट २०० मिटर तल भेरी नदीमा खसेको थियो ।
“पहिचान नखुलेका एक जना भेरी नदीमै बेपत्ता भएका छन् ,” प्रहरी निरीक्षक चौधरीले भन्नुभयो, “उनको खोजी भइरहेको छ ।” गम्भीर घाइते एक जनालाई उद्धार गरी मेहलकुना अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
गुर्भाकोट–९ का वडाध्यक्ष शशिराम भट्टराईका अनुसार सल्यान कालीमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दुर्घटना भएको हो । बस नदीमा डुबेकाले बेपत्ताको खोजीमा समय लाग्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २३ पुस २०७७, २० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु