काठमाडौं । नाइजेरियामा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । नाइजेरियाका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्राप्त समाचारमा नाइजेरियाको मध्य भागका दुई ठूला राजमार्गमा बुधबार सवारी दुर्घटना भएको थियो । नाइजेरियाको लोकोजा कागी राज्यमा बुधबार विहान सो दुर्घटना भएको थियो ।
त्यसमा परी १४ जनाको ज्यान गएको थियो । सो दुर्घटनामा परी ज्यान जानेमा ११ जना महिला र तीन पुरुष रहेका छन् । सो दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते पनि भएका छन् ।
त्यसैगरी नाइजेरियाको काबा क्षेत्रमा पनि यस्तै सवारी दुर्घटना भएको थियो । त्यसमा परी अरु आठ जना यात्रुको निधन भएको छ । ती दुर्घटनाहरुमा परी अरु २६ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ भने केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ पुस २०७७, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु