आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, २२ पुस २०७७, ०८ : १६
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने  जनाएको छ । बुधबार दिउँसो देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको छ विगत केही दिनदेखि । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

यस्तै राति देशको पहाडी भू–भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस