काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ९६ हजार ४०० रुपैयाँ पुगेको छ ।
यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १३२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ पुस २०७७, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो