काठमाडौं । जाडो बढेसँगै विद्युत्को उच्च माग करिब १ हजार ५ सय मेगावाट नजिक पुगेको छ । पानी परेर जाडो थप बढे उच्च माग अझै बढ्ने प्राधिकरणको अनुमान छ ।
उच्च माग धान्न भारतबाट आयात गर्ने विद्युत्को परिमाण बढाउनुपरे तयारीस्वरूप पूर्वाधार स्तरोन्नति गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए । उनका अनुसार आइतबार विद्युत्को उच्च माग १ हजार ४ सय ६६ मेगावाट पुगेको थियो भने शनिबार १ हजार ४ सय ५७ थियो । गत वर्ष यही समयमा विद्युत्को उच्च माग १ हजार २ सय ८६ मेगावाट रहेको उनले बताए ।
विद्युत्को उच्च माग थप बढ्न सक्ने भन्दै प्राधिकरण तयारी अवस्थामा रहेको र आयातित विद्युत्को परिमाण बढाउन पूर्वाधार तयार पारिएको उनको तिम्सिनाको भनाइ छ । अहिले भारतबाट दैनिक ६ सय २० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ । विद्युत्को माग बढे थप एक सय मेगावाट आयात बढाउन सकिने गरी आइतबार राति ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मर थपेर चार्ज गरिएको तिम्सिनाले जानकारी दिए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २१ पुस २०७७, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतद्वारा थप १५ दिन चौबिसै घण्टा विद्युत् निर्यात गर्न अनुमति
विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति
पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो
विद्युत् महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर
विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो
विद्युत् निर्यात दोब्बर बनाइने