मन्त्रीको निर्देशनपछि सरकारी गाडी ठाउँको ठाउँ कब्जामा

पत्रपत्रिकाबाट

आइतबार, ०४ चैत्र २०७४, ०७ : ५४
मन्त्रीको निर्देशनपछि सरकारी गाडी ठाउँको ठाउँ कब्जामा

काठमाडौं । ट्राफिक प्रहरीले शनिबार काठमडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ ।
सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारी साधन नियन्त्रणमा लिइएको हो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।
गृहमन्त्री रामबहादुर थापाले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिए ठाउँको ठाउँ कब्जामा लिन शुक्रबार ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि शनिबारबाटै कारबाही अघि बढेको हो ।
शनिबार २० चारपाङ्ग्रे गाडी र ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस