चितवन । मूर्ति चोरेको अभियोगमा चितवनको रत्न नगरनगरपालिकाबाट वडा सदस्यसहित तीन जना पक्राउ परेका छन् ।
सत्ताइस किलोको बुद्धको मूर्ति चोरीमा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका–१२ का वडा सदस्य ठूलोकान्छा तामाङ, रत्ननगर–१२ कै सुरज तामाङ र रत्ननगर–११ का रोजबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो । पुस १६ गते पक्राउ परेका उनीहरूलाई शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
उनीहरूले रत्ननगर–१२ जिरौनाका जहारसिंह तामाङको घरमा लुकाएर राखिएको अवस्थामा अन्दाजी १०० वर्ष पुरानो पुरातात्विक महत्वको पित्तलको मूर्ति बरामद भएको इलाका टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए । उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । दोषी ठहर भए उनीहरूलाई पाँचदेखि १५ वर्षसम्म कैद हुनसक्ने कार्कीले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ पुस २०७७, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ