माघमा माडी गोल्डकप फुटबल, आठ टोलीको टुंगो

सफल खबर संवाददाता

शुक्रबार, १७ पुस २०७७, १५ : ४६
माघमा माडी गोल्डकप फुटबल, आठ टोलीको टुंगो

चितवन । चितवनको माडी नगरपालिकामा आउँदो माघमा माडी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रियस्तरका खेलाडीहरुको सहभागीमा हुन लागेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ । माडीमा हुन लागेको यस पटकको गोल्डकप दोस्रो हो । 

माघको पहिलो सातादेखि हुने प्रतियोगिता माडी–३ बसन्तपुरस्थित माडी माविको खेलमैदानमा हुने आयोजकले जनाएको छ । आयोजक बसन्तपुर युनाइटेड क्लब र बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर बजार समिति हुन् । 

खेलमा बसन्तपुर क्लब, काठमाडौं–११ एफसी, बिरगंज युथ एकेडेमी बिरगंज, लेखनाथ युनाइटेड पोखरा, अल स्टार क्लब तनहुँ, एफसी मुन्डियाल हेटौडा, सेन्ट्रल कलेज भरतपुर एफसी र एभरेष्ट क्लब चितवनले सहभागिता जनाउने तय भएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ । उपविजेताले १ लाख प्राप्त गर्नेछ । माडी नगरपालिकाको मुख्य प्रवद्र्धनमा हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्नेछन् ।

भरतपुर जिल्ला फुटबल संघ प्रवद्र्धक रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो माघ १० गतेका दिन हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस