काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको समयमा कांग्रेस जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको “राष्ट्रिय मेलमिलाप नीति र बिपी कोइराला” विषयक एक दिवसीय प्रवचन कार्यक्रममा उहाँले राजनीतिक अस्थिरता अन्त्यका लागि अहिले काम गरेर देखाउने समय आएको बताउनुभयो ।
अहिलेको राजनैतिक अस्थिरताको अन्त्यका लागि कांग्रेस जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “राजनैतिक उतारचढाव हुँदा कांग्रेसले वागडोर सम्हालेको हो । अहिले फेरि त्यो काम गर्नु आवश्यक छ ।” अहिले संविधानको मर्म विपरीत सरकार अघि बढेकाले अस्थिरता बढेको उहाँले बताउनुभयो ।
यसका लागि कांग्रेसले संविधानको मर्मलाई ख्याल गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । “सरकारले संसद् भङ्ग गर्नु संविधान विपरीत हो”, पार्टीका पूर्वमहामन्त्री सिंहले भन्नुभयो । राष्ट्र, प्रजातन्त्र, संविधान जोगाउनका लागि जिम्मेवार बन्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “अहिले जनताले स्थिरताका लागि नेकपालाई स्पष्ट बहुमत दिएको हो तर त्यो पूरा भएन ।”
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले काङ्ग्रेसले संबिधान अनुसार हुने निर्वाचन चाहन्छ, असंवैधानिक होइन भन्नुभयो । संविधानको रक्षा गर्ने विषयमा कांग्रेस अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । एकता र विश्वासको वातावरण भएमा कांग्रेसले संविधान विरोधी शक्तिलाई ठाउँमा ल्याउन सक्ने उहाँको भनाइ थियो ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल महिला सङ्घका केन्द्रीय अध्यक्ष उमा रेग्मी, नेपाली कांग्रेस चितवनका उपसभापति कैलाश कोइरालालगायतले बोल्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १६ पुस २०७७, १९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह