काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको हो । छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार हुनेगरी तोकिएको छ । छापावाला सुन बुधबार भने प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला रु ९१ हजार ८५० मा कारोबार हुनेगरी मूल्य निर्धारण भएको महासंघले जनाएको छ । प्रतितोला रु ९१ हजार ९५० मा बुधबार कारोबार भएको तेजाबी सुनसमेत तोलामा रु १०० ले घटेको छ ।
यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार र आजसमेत प्रतितोला रु एक हजार २०० मा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ पुस २०७७, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?