भाले गैँडा मृत फेला

रासस

बुधबार, १५ पुस २०७७, १९ : २०
भाले गैँडा मृत फेला

फाइल तस्विर

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको मेघौली रेञ्जपोष्टको अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० वर्षको भाले गैडा आज मृतावस्थामा भेटिएको हो । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो गैँडा उमेर पुगी कालगतिले मरेको अनुमान गरिएको छ । गैँडाको खाग र खुर सुरक्षित रहेको छ ।

मृत गैँडाको नियमानुसार परीक्षणका लागि आवश्यक नमूना परीक्षणका लागि भेटेरेनरी शाखामा पठाइएको उहाँले जानकारी दिनुभयो । उक्त गैँडा निकुञ्जको निगरानीमा रहेको जनाइएको छ । यस आर्थिक वर्षमा मात्रै चोरी शिकारका कारण चार र प्राकृतिक कारणले १५ गरी १९ गँैडा मरेका छन् ।

प्रतिक्रिया दिनुहोस