काठमाडौँ । जलजला गाउँपालिका वडा नं ९ बनौँमा आज जीप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनाका क्रममा घाइते भएकी जलजला–६ शालिजाकी २३ वर्षीया कौशिला पुर्जाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
कुश्मा–बनौँ सडक खण्डअन्तर्गत ग २ च ६३७९ नंको जीप दुर्घटना हुँदा जीपमा सवार तीन जनामध्ये पुर्जाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ । जीपका सवारी चालक जलजला–८ नाग्लिवाङका पुर्षोत्तम चापागाई, वडा नं ९ बनौँ घर भई सोही जीपका सहचालक यमन गर्बुजा सामान्य घाइते छन् । उहाँहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सडकमा गुडिरहेको जीप सडकबाट करिब २०० मिटर तल पुगेर भिरमा रहेको रुखमा अल्झिएको अवस्थामा रहेको छ । रुखका कारण ठूलो दुर्घटनाबाट जोगिए पनि उपचारका क्रममा युवतीको मृत्यु भएको जलजला–९ का वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १५ पुस २०७७, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु