काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नेपालगञ्जका तत्कालीन प्रबन्धक ललितबहादुर शाहीसहित आठ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
बैंकका कर्मचारी र धितो मूल्याङ्कनकर्ताको समेत मिलेमतोमा सरकारी कागजात कीर्ते गरी ऋण प्रवाह गरी भ्रष्टाचार गरेको पाइएकाले उनीहरु विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाही, सहायक कलबहादुर ओली क्षेत्री, तत्कालीन उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ता, रिजवान अहमद असगढ, सकिना जसगढ, फहमिदा बानो जसगढ र सूचीकृत धितो मूल्याङ्कनकर्ता कर्णबहादुर केकेविरुद्ध समान रु एक करोड २५ लाख बराबरको भ्रष्टाचार गरेको आयोगले ठहर गरेको छ ।
उनीहरु विरुद्ध समान बिगो कायम गर्दै आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । कीर्ते कागजातको आधारमा कीर्ते धितो मूल्याङ्कन गरी उक्त कागजात बैंक शाखामा पेश गरी कर्जा लिने कार्य गैरकानूनी रहेको आयोगको ठहर छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १४ पुस २०७७, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर