काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई चिरा परेर आधिकारिकताको विषयमा सवालजवाफ भईरहदा सर्वोच्च अदालतमा नेकपा नाम विवादको मुद्दा पेशीमा चढेको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको ईजलासमा पेशी रहेको छ।
२०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै ऋषिराज कट्टेलले मुद्दा दायर गरेका थिए । ३ वर्षदेखि विचाराधीन उक्त मुद्दा अन्तिम फैसलाका लागि पेशी चढेको हो। सर्वोच्चले अब नेकपा नाम कसको हुने भन्ने फैसला गर्ने छ । यदि सर्वोच्चले कट्टेलको हुने ठहर गरेमा दुई पार्टी एकीकृत भए बनेको पार्टीको नाम बदर हुने छ।
कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्चमा निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको भन्दै रिट दायर गरेका थिए। नेपाल कम्युनिस्ट पार्टीको नाम जुधेको भन्दै उनले आयोगमा उजुरी दिएका थिए। आयोगले कात्तिक ९ गते नेकपाको पक्षमा फैसला सुनाएको थियो। आयोगका सदस्यहरुको इजलासले गरेको उक्त फैसलालाई चुनौती दिँदै कट्टेल सर्वोच्च पुगेका हुन्। उनी सर्वोच्च पुगेपछि पार्टीको नाम विवादमा आएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ पुस २०७७, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ