नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारसम्म एक करोड दुई लाख ७ हजारभन्दा बढी पुगेको छ ।
विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार २१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड दुई लाख ७ हजार ८७१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना भाइरसको सङ्क्रमण देखा परेयता छ महिनाभित्र पहिलो पटक आइतबार कोभिड १९ को सङ्क्रमित २० हजार भन्दा कम देखिएको थियो ।
गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २७९ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ९०१ जना पुगेको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ८२ हजार ६६९ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ७७ हजार ३०१ सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा मात्र कोरोना सङ्क्रमित २१ हजार ४३० जना कोरोना मुक्त भएका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ७५७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ४५३ जनाको मृत्यु भइसकेको छ ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १६ करोड ८८ लाख १८ हजार ५४ को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।
भारतमा आइतबार एक दिनमा सात लाख १५ हजार ३९७ जनाको कोरोना भाइरस नमूना परीक्षण भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १३ पुस २०७७, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्ल्याण्डविरुद्ध भारत : ६ जना खेलाडी शून्यमा आउट हुँदा बने रोचक रेकर्ड
कप्तान गिलको शतकको सहयोगमा भारत बलियो
रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित
रोयल्टी बाँडफाँटबारे द्विपक्षीय नेपाल र भारतका संगीतकर्मीबीच सम्झौता
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना