काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता भएको छ ।
चिनियाँ टोली नेपाल आएलगत्तै उच्चस्तरीय भेटवार्तामा लागेको हो । सो टोलीले बिहान नौ बजेदेखि साढे दश (डेढ घण्टा) बजेसम्म पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको थियो ।
प्रचण्डसँगको भेटपछि चिनियाँ टोलीले नेपाललाई भेटेको हो । नेपाल र चिनियाँ टोलीबीच बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता भएको हो ।
यसअघि सो टोलीले आइतबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी,बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ पुस २०७७, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिबिच भेटवार्ता
प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता