गण्डकी प्रदेश : अविश्वास प्रस्ताव ल्याउने कि समर्थन फिर्ता रु छलफलमा प्रचण्ड–माधव समूह

पत्रपत्रिकाबाट

सोमबार, १३ पुस २०७७, ०७ : ५०
गण्डकी प्रदेश : अविश्वास प्रस्ताव ल्याउने कि समर्थन फिर्ता रु छलफलमा प्रचण्ड–माधव समूह

काठमाडौं । गण्डकी प्रदेश सरकार ढलाउन नेकपाको प्रचण्ड–माधव समूह छलफलमा जुटेको छ। नेकपाको ओली समूह हावी भएको गण्डकी प्रदेश सभामा केपी शर्मा ओली निकट पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार ढलाउन प्रचण्ड–माधव समूहले छलफललाई सघन बनाएको हो। नेकपाको प्रचण्ड–माधव समूह सकभर अविश्वास प्रस्ताव ल्याएर गुरुङ नेतृत्वको सरकार ढलाउन चाहन्छ। तर अविश्वासको प्रस्ताव ल्याउन एक तिहाई मत सुरक्षित नभए समर्थन फिर्ता लिने तयारीमा सो समूह रहेको छ।

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपाका ४० सदस्य रहेका छन्। जसमध्ये प्रचण्ड–माधव समूहका १३ जना छन्। पूर्व माओवादीको १२ जना र माधव समूहका १ जनासहित १३ जना प्रचण्ड–माधव समूहमा रहँदा ओली पक्षमा २७ सांसद छन्। अविश्वासको प्रस्ताव ल्याउन एक तिहाई सदस्य अर्थात ६० सदस्य रहेको प्रदेश सभामा २० सदस्य अनिवार्य चाहिने भएपछि अविश्वासको प्रस्ताव ल्याउने कि समर्थन मात्र फिर्ता लिने भन्नेमा प्रचण्ड–माधव समूह अन्यौलमा छ।

अविश्वासको प्रस्ताव ल्याउन चाहिने एक तिहाई ९२० सांसद० पुर्यामउन प्रचण्ड–माधव समूहलाई कांग्रेस बिना असम्भव छ। किनभने १३ सदस्य रहेको प्रचण्ड–माधव समूहमा जनमोर्चा ३ र जसपाका २ मिसिदापनि १८ मात्र हुन्छ। त्यसैले अविश्वासको प्रस्ताव दर्ता गर्न कांग्रेसको सहयोग अनिवार्य चाहिन्छ। यद्वपी प्रचण्ड–माधव समूह ओली खेमाका ३र४ जना सांसद चोरेर भएपनि वर्तमान प्रदेश सरकार ढलाउन प्रयासरत रहेको श्रोत बताउँछ।

कांग्रेसपनि अविश्वासको प्रस्ताव ल्याउन सकारात्मक नै छ। तर त्यसपछि कसरी अगाडि बढ्ने भन्ने बारेमा ठोस सहमति नभएसम्म अविश्वासको प्रस्ताव दर्ता गरिहाल्ने पक्षमा कांग्रेस छैन। कांग्रेससँग छलफल चलिरहेको र एकरदुई दिनमा अविश्वासको प्रस्ताव दर्ता गर्ने कि समर्थन फिर्ता लिने भन्ने निर्णय हुने प्रचण्ड–माधव पक्षीय प्रदेश सांसद दीपक कोइरालाले बताए।

‘छलफल चलिरहेको छ,‘कांग्रेस माने अविश्वासको प्रस्ताव दर्ता हुन्छ, नभए समर्थन फिर्ता लिन्छौं’–उनले भने। ‘अविश्वासको प्रस्ताव आएपनि वा समर्थन फिर्ता लिएपनि आखिर मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढलाउने हो र यो सरकार ढल्छ’–उनले थपे। नागरिक दैनिकमा खबर छ ।