काठमाडौं । क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृत्यु भएको प्रहरीले आइतबार पुष्टि गरेको छ ।
क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गरी प्रसारित समाचारमा भनिएको छ, “एक यात्रुबाहक बस ट्रकसँग ठोक्किँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने घटनामा अन्य १९ यात्रु गम्भीर घाइते भएका छन् ।
बस ट्रकसँग ठाक्किएपछि सडकबाट केही तल खोल्सामा खसेको र अधिकांश यात्रुको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १२ पुस २०७७, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला