झापा । नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो ।
“हामीले जिप्रकाको आदेशलाई मानेका हौँ ”, प्रहरी प्रवक्ता राकेश थापाले भने, “खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ। उहाँहरुको आन्तरिक मामिला हो, छानबिन भइरहेको छ, तथ्यसहित सबै कुरा प्रमाणित भएपछि जानकारी गराउँछौँ ।”
उनीसँगै कार्यालय सहयोगी आशीर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ पुस २०७७, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आमाको थरबाट नागरिकता लिन पाइने व्यवस्था गरिँदै
८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता
८१ वर्षको उमेरमा नागरिकता
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता