काठमाडौं । दोधारा चाँदनी नगरपालिका–१ चाँदनीमा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयमा आज आगजनी हुँदा रु चार लाख बढीको क्षति भएको छ ।
आगजनीबाट विद्यालय भवन र भण्डारण गृहमा राखिएका बेञ्च, डेस्क, कुर्सीलगायत सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
विद्यालयमा आगजनी भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको सहयोगमा दमकलको प्रयोग गरी आगलागी नियन्त्रण गरिएको उहाँले बताउनुभयो । “विद्यालयमा आगलागीबारे अनुसन्धानको कार्य भैरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म आगलागी हुनुको कारण खुल्न सकेको छैन ।”

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ११ पुस २०७७, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि