काठमाडौं । दोधारा चाँदनी नगरपालिका–१ चाँदनीमा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयमा आज आगजनी हुँदा रु चार लाख बढीको क्षति भएको छ ।
आगजनीबाट विद्यालय भवन र भण्डारण गृहमा राखिएका बेञ्च, डेस्क, कुर्सीलगायत सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
विद्यालयमा आगजनी भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको सहयोगमा दमकलको प्रयोग गरी आगलागी नियन्त्रण गरिएको उहाँले बताउनुभयो । “विद्यालयमा आगलागीबारे अनुसन्धानको कार्य भैरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म आगलागी हुनुको कारण खुल्न सकेको छैन ।”


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ११ पुस २०७७, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी