काठमाडौं । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस पूर्वपश्चिम राजमार्गको हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत बस्तिपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेमा लमजुङ सुन्दरबजार नगरपालिका–८ का ३२ वर्षीय हरि गौली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका गौलीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
तीव्रगतिका कारण बस पल्टिएर दुर्घटना भएको बताइएको छ । घाइते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बसमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ११ पुस २०७७, १८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते